Logo २०८१ जेष्ठ ५ शनिबार
आठ वर्षको उमेरमा कस्तो देखिन्थिन् आभिनेत्री आलिया ? (तीन तस्वीर)

आठ वर्षको उमेरमा कस्तो देखिन्थिन् आभिनेत्री आलिया ? (तीन तस्वीर)


infotainment प्रकाशित मिति : आइतबार, बैशाख २८ २०७७

काठमाडौं, २८ बैशाख । पछिल्लो समय सोसल मिडियामा बलिउडकी क्यूटी अभिनेत्री आलिया भट्टको थ्रोव्याक भिडियो भाइरल बनिरहेको छ । जहाँ ८ वर्षीया आलिया भट्टले आफ्नो भविष्यको बारेमा कुराकानी गरेकी छन् ।

उक्त भाइरल भिडियो चर्चित टीभी शो ‘जीना इसीका नाम है’को हो । उक्त भिडियोमा फिल्म निर्माता÷निर्देशक महेश भट्टको पूरै परिवार देखिएका छन् । जहाँ, आलियाले आफ्नो सौतेनी दिदी पूजा भट्टसँग कुराकानी गर्दै भविष्यमा आफू अभिनेत्री बन्ने बताइरहेकी छन् ।

उक्त थ्रोव्याक भिडियोमा अभिनेत्री आलियाकी बहिनी शाहीन पनि सँगै देखिएकी छन् । भाइरल भिडियोमा ‘शो’का प्रस्तोता सुरेश ओबेराँयले ८ वर्षीया आलियालाई के बन्न चाहन्छौ ? भनेर प्रश्न गरेका छन् ।

जवाफमा आलियाले विश्वासमा साथ भन्छिन्, ‘म एक्ट्रेस बन्छु ।’ यस भिडियो हेरेर तपाई हामीलाई अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’को एक डाइलग पनि सत्य लाग्न सक्छ ।

करण जोहरको ‘स्टुडेन्ट अप द इयर’बाट बलिउडमा डेब्यू गरेकी आलिया पछिल्लो पुस्ताको डिमान्डेड र सफल अभिनेत्रीको रुपमा चर्चित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend