Logo २०८१ जेष्ठ ५ शनिबार
कोरोना रोकथामका लागि अभिनेत्री उर्वशीको पाँच करोड सहयोग !

कोरोना रोकथामका लागि अभिनेत्री उर्वशीको पाँच करोड सहयोग !


infotainment प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

काठमाडौं, ३० बैशाख । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि केही बलिउड कलाकारहरुले आ-आफ्नो तवरबाट सहयोग गरिरहेका छन् ।

सलमान खान, अक्षय कुमार, शाहरुख खानलगायतले आ-आफ्नो स्तरबाट डोनेट गरेका छन् । त्यस्तै, उनीहरुले कोरोना प्रभावितहरुलाई पनि सहयोग गर्ने कोसिस गरेका छन् ।

त्यस्तै, अभिनेत्री उर्वशी रौतेलाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड रुपैयाँ भारु डोनेट गरेकी छन् । उनले यस लडाईमा सँगै हिँड्नु आवश्यक रहेको र कुनै पनि दान सानो नहुने बताएकी छन् ।

भर्खरै मात्र अभिनेत्री उर्वशी रोतेलाले इन्स्टाग्राममा आफ्नो प्रशंसकहरुलाई भर्चुअल डान्स मास्टरक्लासको जानकारी दिएकी थिइन् । यस क्लासमा उर्वशीले आफ्नो प्रशंसकहरुलाई जुम्बा, तबाटा र ल्याटिन डान्स सिकाएकी छन् ।

त्यस्तै, टिक टकमा डान्स मास्टर क्लास चलिरहेको समयमा १.८ करोड जना उर्वसीसँग जोडिएका छन् । त्यहीमार्फत उर्वशीले पाँच करोड भारतीय रुपैया पाएकी थिइन् । सोही रुपैया उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दान गरेकी हुन् ।

उनले भनेकी छन्, “मैले अभिनेताहरु, राजनेताहरु, संगीतकारहरु, पेशेवर एथलेटिकहरुलगायत सम्पूर्णलाई धन्यबाद दिन चाहन्छु, जसले कोरोना भाइरसविरुद्ध लड्नका लागि सहयोग गरेका छन् । कुनै पनि दान सानो हुदैन । हामी सबै मिलेर यस भाइरसलाई हराउन सक्छौं ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend