Logo २०८१ बैशाख २३ आइतबार
सुशान्तसिंह राजपुतलाई कुनै आर्थिक समस्या थिएन, एउटै प्रोजेक्टको लागि ८ करोड चार्ज गर्दथे !

सुशान्तसिंह राजपुतलाई कुनै आर्थिक समस्या थिएन, एउटै प्रोजेक्टको लागि ८ करोड चार्ज गर्दथे !


infotainment प्रकाशित मिति : आइतबार, असार ७ २०७७

काठमाडौं, ७ असार । अभिनेता सुशान्तसिंह राजपुतको निधनले बलिउडमा मात्रै नभई नेपाली फ्यानहरु शोकमा डुबेका छन् । अभिनेता सुशान्तको निधनपछि मुम्बई पुलिसले गहिराईबाट अनुसन्धान सुरु गरिसकेको छ ।

मुम्बई पुलिसले दिवंगत अभिनेता सुशान्तको नजिकका व्यक्तिहरुलाई पनि सोधखोज गरिरहेको छ । सुशान्तले आत्महत्य गरेसँगै सोसल मिडियामा विभिन्न सबालहरु उठिरहेका छन् । केहीले निर्माताहरुको रवैयाकै कारण सुशान्तले आत्महत्या गरेका भनिरहेका छन्, भने केहीले आर्थिक स्थितिका कारण आत्यहत्या गरेका हुन्, भन्ने बयान दिइरहेका छन् ।

पिंकविलामा छापिएको एक रिपोर्ट अनुसार, सुशान्तसिंह राजपुतका एक नजिका साथीले भनेका छन्, ‘उनलाई कुनै आर्थिक समस्या थिएन । उनको साथमा कयौं फिल्महरु थिए, केही फिल्ममा काम गर्नका लागि कुरा भइरहेको थियो । उनी अर्को वर्षको मध्यसम्म पूर्ण रुपमा व्यस्त थिए ।’

उनले फेरि भनेका छन्, ‘सुशान्तले यदि अन्य दुई फिल्ममा पनि साइन गरेको भए २०२२ सम्म उनको साथमा पाँच वटा प्रोजेक्ट भइसक्थ्यो । सुशान्तले एउटा प्रोजेक्टका लागि कम्तीमा ८ करोड रुपैयाँ चार्ज गर्दथे ।’

उनले फेरि थपे, ‘दुई निर्माताहरुले आफ्नो फिल्ममा साइन गराउनका लागि यही महिना सुशान्तलाई भेट्नेवालामा थिए । तर, उनीहरुको टचमा सुशान्त थिएनन् । त्यसैले सुशान्तको नजिको साथीको माध्यमबाट कुरा गरेका थिए । उनीहरुले सुशान्तलाई आफ्नो फिल्ममा काम गराउनका लागि ११ करोडसम्म दिन तयार थिए ।’

तर, गत आइतबार सुशान्तसिंह राजपुतले आफ्नै निवासमा आत्महत्या गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend