Logo २०८१ जेष्ठ ५ शनिबार
डिजिटल डेब्यूका लागि तयार अभिनेत्री अनुष्का, ‘पाताल’ मार्फत निर्मात्री बन्दै

डिजिटल डेब्यूका लागि तयार अभिनेत्री अनुष्का, ‘पाताल’ मार्फत निर्मात्री बन्दै


infotainment प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै विभिन्न देशमा लकडाउन जारी गरिएको छ । यस्तो लकडाउनको समयमा मानिसहरु मनोरञ्जनका लागि सोसल मिडिया र स्ट्रिमिंग सर्भिसमा निकै निर्भर छन् ।

सबैतिर लकडाउन जारी भएपछि नेटफ्लिक्स र अमेजन दुवैले राम्रो र दमदार कन्टेन्ट लिएर आइरहेका छन् । यसैबीच विहीबार अमेजन प्राइमले आफ्नो आगामी सिरिजको घोषणा गरिदिएको छ ।

अमेजनको आगामी ओरिजिनल सिरिजको नाम ‘पाताल’ लोक राखिएको छ । यसलाई अभिनेत्री अनुष्का शर्माको प्रोडक्शन हाउस क्लीन स्लेट फ्लिम्सले निर्माण गर्न लागेका हुन् ।

उक्त सिरिजको टाइटल र कलाकारहरु शुक्रबार मात्रै सार्वजनिक गरिएको हो । यस वेब सिरिजको टिजर पनि सार्वनजनिक गरिएको छ । डिजिटल सेक्शनमा अभिनेत्री शनुष्का शर्माले निमात्रीको रुपमा डेब्यू गरेकी छन्, जसको कारण पनि अमेजनमा उनको इन्ट्री लोकप्रिय हुने आँकलन गरिएको छ ।

जानकारी अनुसार यस सिरिज स्वर्गलोक, धर्तीलोक र पाताललोकको प्राचीन क्षेत्रबाट प्रेरित छ । यसलाई मे १५ मा रिलिज गरिने बताइएको छ । यस सिरिजमा निरज काबी, गुल पनाग, जयदीप अहलावतलगायत मुख्य भूमिकामा हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend