Logo २०८१ जेष्ठ ५ शनिबार
बलिउड अभिनेत्री उर्वशीको फेसबुक ह्याक !

बलिउड अभिनेत्री उर्वशीको फेसबुक ह्याक !


infotainment प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

काठमाडौं, १३ बैशाख । बलिउड अभिनेत्री उर्वशी रौतेलाको फेसबुक अकाउन्ट ह्याक भएको छ । शनिबार अभिनेत्री उर्वशी आफैले ट्वीट गर्दै आफ्नो फेसबुक ह्याण्डल ह्याक भएको जानकारी गराएकी हुन् ।

उनले प्रशंसकहरुलाई आफ्नो फेसबुकबाट आउने पोष्टको जवाफ नदिन आग्रह गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छन्, “मेरो फेसबुक ह्याक गरिएको छ । कृपया कुनै पनि सन्देश या पोष्टको जवाफ नदिनु होला । किन भने उक्त पोष्टहरु मेरो टिमले गरेको होइन ।”

अभिनेत्री उर्वशीको फेसबुक अकाउन्ट ह्याकपछि केही पोष्टहरु गएका छन्, जहाँ अश्लिल सामग्रीहरु पोष्टहरु गरिएको छ । यस मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको मुम्बई पुलिसले जनाएको छ ।

यस विषयमा साइबर पुलिस सेलमा उजुरी दर्ता गरिएको जानकारी गराइएको छ । मुम्बई पुलिसले भनेको छ, “हामीले तपाईको उजुरीलाई साइबर पुलिस स्टेशनमा पठाएका छौं ।”

बलिउड अभिनेत्री तथा व्युटी क्वीन उर्वशी रौतेला सोसल मिडियामा निकै चर्चित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend