Logo २०८१ जेष्ठ ५ शनिबार
ट्वीटरमा छायो सुपरस्टार विजयको ‘वाथी कमिंग’, अभिनेत्री शिल्पाले विजयको लागि बनाइन टिक-टक !

ट्वीटरमा छायो सुपरस्टार विजयको ‘वाथी कमिंग’, अभिनेत्री शिल्पाले विजयको लागि बनाइन टिक-टक !


infotainment प्रकाशित मिति : आइतबार, बैशाख १४ २०७७

काठमाडौं, १४ बैशाख । तमिल सुपरस्टार विजयको फ्यान फलोइंगको ठूलो जमात छ । सुपरस्टार विजयको जुनसुकै फिल्म होस् या फिल्मको गीत सार्वजनिक भएसँगै सोसल मिडियामा ब्लकबस्टर सावित हुँदै आएको छ ।

यसैबीच उनको आगामी फिल्म ‘मास्टर’को गीत ‘बाथी कमिंग’ पनि सोसल मिडियामा ब्लकबस्टर बन्न पुगेको छ । अहिलेको समय सोसल मिडिया ट्वीटरमा ह्यासट्याग बाथी कमिंगले कब्जा जमाएको छ ।

यसैबीच बलिउड अभिनेत्री शिल्पा शेट्टीले पनि ‘बाथी कमिंग’ गीतमा तमिल सुपरस्टार विजयको लागि टिक-क बनाएकी छन् । शिल्पाले टिक टकको क्याप्शनमा लेखेकी छन्, “यो तपाईको लागि हो, #थालापथी विजय ।”

यो गीतलाई अनिरुद्ध रविचंदर र गण बालचंदर स्वारबद्ध गरेका हुन् । गण बालचंदरको शब्दलाई अनिरुद्ध रविचंदरले कम्पोज गरेका हुन् । विजयको ‘बाथी कमिंग’को लिरिकल भिडियोलाई एक महिनामा साढे तीन करोड भन्दा बढी पटक हेरिएको छ ।

सुपरस्टार विजयको मोस्ट अवेटेड फिल्म मास्टरलाई लोकेश कनगराजले निर्देशन गरेका हुन् । यो एक एक्शन थ्रिलर फिल्म बताइएको छ ।

यो फिल्ममा विजय सेतुपति, मालविका मोहनन, अर्जुन दास, एड्रियन र शांतुन मुख्य भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend