Logo २०८१ जेष्ठ ५ शनिबार
अभिनेत्री नयनतारा र निर्देशक प्रभुदेवाको सम्बन्ध कसरी टुटेको थियो ? यस्तो अभिनेत्रीको भनाइ

अभिनेत्री नयनतारा र निर्देशक प्रभुदेवाको सम्बन्ध कसरी टुटेको थियो ? यस्तो अभिनेत्रीको भनाइ


infotainment प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

काठमाडौं, १५ बैशाख । एक ताका चर्चित डान्सर तथा निर्देशक प्रभु देवा र चर्चित अभिनेत्री नयनताराको जोडी साउथ इन्डष्ट्रीमा निकै चर्चित थियो । सन् २००९ मा प्रभु देवा र नयनताराले विहै गर्दैछन्, भन्ने हल्लासमेत फैलिएको थियो ।

यो जोडीले आफ्नो सम्बन्धलाई स्वीकार पनि गरेनन् र रिजेक्ट पनि गरेनन् । तर, २०१२ मा आएर यो जोडीको सम्बन्धमा चिसो पस्यो ।

प्रभु देवा पहिल्यै विवाहित थिए । उनकी श्रीमतिले २०१० मा प्रभुदेवाविरुद्ध पिटिशन पनि फाइल गरेकी थिइन्, जहाँ अभिनेत्री नयनताराको साथमा लिव इनमा रहेका प्रभुदेवाविरुद्ध एक्शन लिनु भनिएको थियो ।

यसै विषयमा अभिनेत्री नयनताराले सन् २०१७ मा आएर प्रभुदेवासँगको आफ्नो सम्बन्धमा खुलेर कुराकानी गरेकी थिइन् । उनले आफूहरुले विहे गर्ने निर्णय गरिसकेका, तर समय परिवर्तन भइसकेको उनको भनाइ थियो ।

आफ्नो एक थ्रोब्याक अन्तर्वार्तामा नयनताराले भनेकी छन्, “यस्तो हुन्छ । मेरो सम्बन्धमा मात्रै यस्तो भएको होइन । तपाईहरु जुनसुकै सम्बन्ध र विवाहहरुलाई नियालेर हेर्नुहोस्, ब्रेकअप तथा सम्बन्ध विच्छेद हुन्छ नै । जुनसुकै सम्बन्धमा विभिन्न समस्याहरु थपिन्छन् ।

तपाई हामीले कन्ट्रोल गर्न सक्दैनौं । सम्हाल्न मुस्किल हुन्छ । मानिसहरु परिवर्तन हुन्छन् । परिस्थितिले परिवर्तन गर्छ ।”

उनले थपिन्, “मेरो बारेमा जे भनिएको थियो, लेखिएको थियो, मैले सँधै खण्डन गर्दै आएकी थिए । तर, अहिले परिस्थिति बदलिसकेको छ । जब, जो कसै पनि रिलेशनसीपमा बस्न चाहदैनन्, त्यसको पछाडि सयौं कारणहरु हुन्छन् ।”

यसैबीच उनले भनेकी थिइन्, “जुनसुकै सम्बन्धले काम गरिरहेको छैन भने कसैले केही गर्न सक्दैन ।”

अहिलेको समय अभिनेत्री नयनतारा फिल्ममेकर विग्नेश सिवनको रिलेशनमा छन्, यो जोडी दुवैले सोसल मिडियामा एक साथ तस्वीरहरु सेयर गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend