Logo २०८१ बैशाख २१ शुक्रबार
भरतपुरमा कोरोना सङ्क्रमणबाट थप १ को मृत्यु

भरतपुरमा कोरोना सङ्क्रमणबाट थप १ को मृत्यु


infotainment प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

भरतपुर, ७ भदौ । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend